अर्थमन्त्री पौडेललाई गृहजिल्लामा कालोझण्डा

खबरपथ संवाददाता
१० मंसिर २०७७, बुधबार ११:३७

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई गृह जिल्ला रुपन्देहीमा कालो झण्डा देखाईएको छ । अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ल्ला आईपुगेका अर्थमन्त्री पौडेललाई नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ र तरुण दलले कालो झण्डा देखाएको हो ।

नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलले अर्थमन्त्री पौडेललाई सैनामैना जाने क्रममा बुटवलको नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका हुन् । त्यस क्रममा केही बेर सडक समेत अवरुद्ध पारिएको थियो । सडक अवरुद्ध गराउँदा प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका पौडेलले प्रदेशको राजधानी तोक्ने बेलामा अर्थमन्त्री पदसंग राजधानी साटेको आरोप लागेको थियो । बुटवललाई प्रदेशको राजधानी बनाउने भन्दै चुनावी नारा बनाएका पौडेलले प्रदेशको राजधानी तोक्ने बेला अर्थमन्त्री पद पाएपछि चुप लागेको आरोप छ ।

प्रदेश सभाबाट प्रदेशको राजधानी भालुवाङ् तोकपछि महासचिव पौडेललाई तत्कालै अर्थमन्त्री बनाईएको थियो । त्यसैको बिरोध गर्दै अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाईएको नेबिसंघका नेता छायाँ पोखरेलले जानकारी दिनुभयो ।

सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*