अर्थमन्त्री पौडेलद्धारा तिनाउ–दानव कोरिडोरको सिलान्यास

खबरपथ संवाददाता
१० मंसिर २०७७, बुधबार १८:३२

बुटवल । अर्थमन्त्री विष्णु पौडेलले तिनाउ–दानव कोरिडोरको सिलान्यास गर्नुभएको छ । तिनाउ र दावन नदिको दुबै तर्फको किनारमा बन्ने तिनाउ दावन कोरिडोर (रिभर रुट) को बुधबार सिलान्यास गर्दै मन्त्री पौडेलले उक्त कोरिडोर रुपन्देही जिल्लाको आर्थिक र पर्यटकीय बिकासको लागि कोशेढुंगा सावित हुने बताउनु भयो । कोरिडोर निर्माणको लागि बजेटको अभाव हुन नदिने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने उक्त कोरिडोर तिनाउ र दानव नदिको दुबै तर्फको किनारमा बाईपास सडकको रुपमा मर्चवार क्षेत्रलाई समेत बुटवलसंग जोड्ने छ ।

पूर्वपश्चिम राजमार्गमा रहेको तिनाउ पुल मुनीबाट छुट्टिने तिनाउ तिलोत्तमा नगरपालिका हुँदै भैरहवा र दादव सैनामैना नगरपालिका हुँदै दक्षिणको भैरहवा–लुम्बिनी सडकलाई जोड्ने दुई वैकल्पिक सडक निर्माणको लागि ४ अर्व १३ करोड रुपैंया लागत अनुमान गरिएको छ ।
दुबै कोरिडोरमा एकसाथ काम सुरु हुनेगरी चालु आर्थिक वर्षको लागि ४५ करोड रुपैंया बजेट समेत विनियोजन भईसकेको छ । दुबै कोरिडोरमा ७/७ मिटरका दरले दुई लेन सडक, २ मिटर फूटपाथ, ३ मिटर हरियाली र डेढ मिटर नाली निर्माण गरिने छ । त्यस्तै तिनाउ नदिमा ३० किलोमिटर र दानव नदिमा २० किलोमिटर सडक निर्माण गर्नेगरी डिपिआर तयार गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार तिनाउ कोरिडोरमा साढे ८ किलोमिटर सडक ३६ महिनामा सम्पन्न गर्नेगरी ५२ करोड ४६ लाख रुपैंया र दानव कोरिडोरमा ३ किलोमिटर सडक २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी १९ करोड ४२ लाख रुपैंयामा ठेक्का सम्झौता समेत भएको छ । उक्त कोरिडोर निर्माणको लागि यहि असोजमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार किरातेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले सर्वेको काम थालिसकेको उहाँले बताउनु भयो ।

तिनाउ दावन कोरिडोर (रिभर रुट) निर्माणको लागि २ वर्ष अंगाडी नै सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको र जसमा ५० किलोमिटर सडक निर्माणको लागि ४ अर्व १३ करोड रुपैंया लागत अनुमान गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*