पश्चिमाञ्चल यातायातद्धारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई प्रदान

यमलाल भुसाल
१० मंसिर २०७७, बुधबार १८:५७

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मजदुर वीमा वाफतको ३ लाख रुपैया मृतकको परिवारलाई प्रदान प्रदान गरेको छ । समितिमा आवद्ध ट्रक व्यवसायीका चालक र सहचालकको मृत्य हुदाँ परिवारलाई राहात होस भनी समितिले लगानी गरि जनही ३ लाख बरावरको मजदुर बीमा गरि दिने व्यवस्था मिलाएको छ ।
ना २ ख ८४८१ नम्बर ट्रकका चालक पूर्ण बहादुर भुर्जेलकोे गत माघ १४ गते रुपन्देहीको धकधईमा दूर्घटनामा परि ज्यान गएको थियो ।
चालक भुर्जेलको ज्यान गएकोमा परिवारलाई राहात हुने गरि समितिले गरिदिएको बीमा रकम प्राप्त भएको ३ लाखको चेक बुधवार एक समारोहका बीच नीजकी श्रीमती सुनिता भुर्जेललाई प्रदान गरिएको हो ।
समितिले आफ्ना व्यवसायीका मजदुरको सवारी चलाउदा दूर्घटनामा परि मृत्यु हुदाँ राहात स्वरुप ३ लाख रुपैयाँ पाउने गरि गरिएको बीमा वाफतको रकम प्रदान गरिएको समितिका अध्यक्ष यम प्रसाद पाडेले बताउनुभयो ।
बीमा रकम हस्तान्त्ररण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्की महासचिव जीत बहादुर भाट ,कोषाध्यक्ष हरि रिमाल लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*