उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पूरा

खबरपथ संवाददाता
१२ मंसिर २०७७, शुक्रबार १९:५३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बिहीबारदेखि काठमाडौंमा सुरू भएको महासंघको साधारणसभा शुक्रबार सम्पन्न भएको हो।

साधारणसभा सकिए सँगै शनिबार बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ। निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा रहने छ। निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*