पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१२ मंसिर २०७७, शुक्रबार २०:१९

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना कोरोना मुक्त हुनेको संख्या हालसम्म २ लाख १० हजार ६७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्युहुनेको सख्या १४३५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*