रोटरी बैठकमा चार्टड नाइटबारे छलफल

खबरपथ संवाददाता
१३ मंसिर २०७७, शनिबार १२:३५

बुटवल । रोटरी क्लव अफ बुटवलको १३४० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बिजनेश एजेण्डामा छलफल भएको बैठकमा डिसेम्बर १ मा आयोजना हुन लागेको चार्टड नाइट कार्यक्रमको तयारीबारे छलफल भएको छ ।
चार्टड नाइट कार्यक्रमको तयारीबारे जानकारी गराउँदै क्लवका अध्यक्ष रो. सुनिल श्रेष्ठले रोटरी इन्टर नेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलको प्रमुख आतिथ्यमा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा कार्यक्रम आयोजना गरिने र त्यसअघि क्लवले अगाडि बढाएका प्रोजेक्टहरुको अवलोकन गराउने कार्यक्रम तय गरिएको बताए ।
उनले ब्लड कलेक्सन मोवाइल भ्यान, अक्सिजन प्लान्ट र इ–लर्निङ साइन्स एण्ड थिएटरको लागि डिष्ट्रिकबाट सहयोगको आश्वासन पाएको र क्यान्सर स्क्रिनिङ सेन्टरका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको आग्रह गरिएको बताए । बैठकमा उहाँले डिजि नोमिनीका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
बैठकमा एजि रो. हरिप्रसाद पौडेल, क्लवका पुर्व अध्यक्ष रो. पुरन श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट रो. डा. ताराप्रसाद उपाध्याय, रो.मणिरत्न पाण्डेलगायतले विभिन्न सुझावहरु राखेका थिए । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सचिव रो. रोम शर्माले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए भने रो. रामचन्द्र पन्थी, रो. नानीमैया सुनारी, रो. सावि विकलगायतले पनि बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*