पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१३ मंसिर २०७७, शनिबार २०:४९

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*