पत्रकारद्वय पाण्डेयलाई पितृशोक

खबरपथ संवाददाता
१४ मंसिर २०७७, आईतवार १६:४७

बुटवल । रुपन्देहीका पत्रकारद्वय अमृत पाण्डेय र सञ्जु पौडेल (पाण्डेय) लाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिकका तिलोत्तमा संवाददाता समेत रहेकी सञ्जुका ससुरा बुवा तथा सबल पोष्ट साप्ताहिकका प्रधान सम्पादक अमृतका बुवा खडानन्द पाण्डेको आइतबार भैरहवा स्थित यूनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

पाण्डेयको कोरोना संक्रमण भएपछि उपचार गर्दै गर्दा ६८ वर्षको उमेरमा मृत्यु भएको हो । गत मँसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डेयको स्वास्थ्य अवस्था खराब भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिएको थियो भने थप उपचारका लागि शनिबार भैरवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्याङ्जाको गालिगण्डकी गाउँपालिका-२ घर भई हाल बुटवल-११ कालिकानगर बस्दै आएका थिए । मृतक पाण्डेयका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*