बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

खबरपथ संवाददाता
१७ मंसिर २०७७, बुधबार १५:१४

बुटवल। बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजे अस्पताललाईनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बुटवल ८ का ४९ वर्षीय भरत शर्माको ज्यान गएको हो ।
राजमार्ग चौराहाबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करदिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*