सडक पोलमा बत्ती जडान गर्दै महदैया टोल बिकास संस्था

ईश्वर पौडेल
१८ मंसिर २०७७, बिहीबार १९:४५

रुपन्देही । रुपन्देहीको बुटवल उ.म.न.पा –१५ स्थित महदैया टोल बिकास सस्थाले आफ्नो टोलमा रहेका विद्युतका खम्बाहरुमा सडक बत्ति जडान गरेको छ । बिहीवार सस्थाका अध्यक्ष राम प्रसाद चापागाईंको नेत्तृत्व , टेक्निसियन दिपक के.सि र सुरज चापागाईंको सहयोगमा ४० वटा भन्दा बढी खम्बाका बिग्रेका बत्तीलाई मर्मत गर्ने र बत्ती नभएको ठाउमा नयाँ बत्ती जडान गर्ने काम सम्पन्न गरेको हो ।

रातिको समयमा अत्यधिक सडक दुर्घटना हुने र पैदलयात्रा गर्नेलाई पनि अँध्यारोले गर्दा असुरक्षित महसुस हुनुका साथै अपराधका घटना पनि बढन सक्ने हुँदा सडक बत्ती जडान गरेको टोल बिकास सस्थाका अध्यक्ष चापागाईंले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*