पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१८ मंसिर २०७७, बिहीबार २०:५७

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २१२२ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना मुक्तहुनेहरुको संख्या  २ लाख २० हजार २७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्युहुनेहरुको संख्या १५५१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*