वरिष्ठ नेता पौडेलद्धारा तनहुँमा पुल उद्धघाटन

खबरपथ संवाददाता
१८ मंसिर २०७७, बिहीबार २१:३४

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्धघाटन गर्नुभएको छ । बिहीबार दिउँसो व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल नेता पौडेलले रिवन काटेर उद्धघाटन गर्नुभएको हो ।

पुल उद्धघाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित रहेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।

उद्धघाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेताहरू पनि सहभागीता रहेको थियो ।

बुधबार पुल उद्धघाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो। उक्त पुल उद्धघाटन कांग्रेस नेताले गर्न नहुने भन्दै नेकपाले नेकपा नेताकै हातबाट उद्धघाटन गर्नुपर्ने बताउँदै आएका थिए।

यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्धघाटन हुन सकेको थिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*