अर्थमन्त्री पौडेल र राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

खबरपथ संवाददाता
१९ मंसिर २०७७, शुक्रबार १७:३६

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच शक्रबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड-१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।
अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड -१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप बिस्तार गर्ने विषयमा पनि छलफल भयो ।
राजदूत डेप्रेचले कोभिड – १९नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*