बुटवलमा गोली चल्यो,१ जना घाइते २ पक्राउ

खबरपथ संवाददाता
२१ मंसिर २०७७, आईतवार १४:२७

बुटवल । बुटवलको एक होटेलमा आज बिहान गोली चलेको छ । गोली लागी एक जना घाइते भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये  काठमाडौंका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
रुपन्देही प्रहरीका अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा आइतबार बिहान नौ बजेतिर सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गएका थिए । प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइ दिएर थप प्रहरी बल बोलाएको थियो । त्यसपछि कोठामा बसेकाहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसेर गोली चलाएको सोही क्रममा न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
चारजना मध्येका एक विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा खागसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*