नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु

खबरपथ संवाददाता
२१ मंसिर २०७७, आईतवार १५:३८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिकैबीच बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको हो । अध्यक्ष ओली अनुपस्थित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठक हुनेभएपछि बिहानैदेखि केन्द्रीय कार्यालय क्षेत्रको सुरक्षाअवस्था कडा बनाइएको थियो । यसअघि प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाउँदै धुम्बाराहीमा सचिवालय बैठक बस्न अस्वीकार गरेका थिए ।

ओलीले अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने माग राख्दै स्थायी कमिटी बैठक बस्न नै अस्वीकार गर्दै आएका थिए । तर, शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटीमा ४५ जना सदस्यहरु रहेका छन् । यद्यपी, अग्नि सापकोटा सभामुखमा चयन भएपछि एक सदस्य खाली रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*