हास्य कलाकार मनोज गजुरेलले बिवाह गर्ने

खबरपथ संवाददाता
२२ मंसिर २०७७, सोमबार ११:५५

काठमाण्डौं । हास्य कलाकार मनोज गजुरेलले बिवाह गर्ने भएका छन् । यस अघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिवाह गर्न लागेका हुन् । गजुरेलले भने, ‘मैले बिवाह गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै बताउन सक्छु ।’

महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ ।
दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए ।  आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।

सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने मिडियामा प्रस्तुत भएका थिए ।

२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*