प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

खबरपथ संवाददाता
२२ मंसिर २०७७, सोमबार १६:२५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक भोलि (मंगलबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको थापाले बताउनुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा समेत सहभागि नहुनु भएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ । बैठकमा अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रोले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*