पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२२ मंसिर २०७७, सोमबार १६:३१

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६१४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*