बेहुली बन्दा यस्ती देखिइन् अभिनेत्री श्वेता

खबरपथ संवाददाता
२२ मंसिर २०७७, सोमबार १६:५७

काठमाण्डौं । अभिनेत्री श्वेता खड्काले (आज) सोमबार विवाह गरेकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी हुन् । केही समयता प्रेम सम्बन्धमा रहेका विजयेन्द्र र श्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा सीमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह गरेकी हुन् ।

नेपाली रजतपटमा ‘कहाँ भेटिएला’ मार्फत डेब्यू गरेकी खड्काको यो दोस्रो विवाह हो । चर्चित नेपाली अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनले २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*