सर्वदलीय बैठक बालुवाटारमा जारी

खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार ११:५८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आब्हान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आज सर्बदलीय बैठक आब्हान गर्नुभएको हो ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*