आज सुनको मूल्यमा बृद्धि

खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार १२:०८

काठमाडौं । आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रूपैयाँले बढेको हो ।

सोमबार छापावाल सुन तोलामा ९२ हजार ६०० रूपैयाँमा कारोबार भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६५० रूपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज ३० रूपैयाँले बढेको छ । चाँदीको मूल्य सोमबार एक हजार २०५ रूपैयाँ तोकिएकोमा आज १ हजार २३५ कायम गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*