बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न

खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार १५:४५

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गर्नु भएको थियो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो । बैठक झण्डै ३ घण्टा बसेको थियो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*