सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार १५:५७

काठमाडौँ । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८ हजार ८४८.८६ मिटर पुगेको छ । सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको हो ।
नेपाल र चीनले मापन गरेको नयाँ उचाइ एक कार्यक्रमका बीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले भर्चुअल माध्यम मार्फत एकसाथ नयाँ उचाइ घोषणा सार्वजनिक गर्नुभएको हो ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिए पछि मंगलबार उचाई घोषणा भएको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाई नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*