तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष सुनिल ढुंगानाको निधन

खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार १८:५१

तिलोत्तमा । तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष सुनिल ढंगानाको ६३ बर्षको उमेरमा निधन भएको छ । आज बिहान उच्च रक्तचापका कारण आफ्नै घरको बाथरुममा लडेका ढुंगानाको उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल लैजादै गर्दा निधन भएको हो ।

नेपालको तर्फबाट बिभिन्न राष्ट्रिय खेल समेत खेलेका ढुंगाना पछिल्लो समय क्रिकेटमा नयाँ पुस्ता तयार पार्ने अभियानमा लाग्दै आउनु भएको थियो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ निबासी ढुंगानाका १ श्रीमती, एक छोरा र ३ छोरी रहेका छन । ढुंगानाको आज साझ योगीकुटी स्थित मगरघाटमा अन्त्यष्ठि गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*