पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार १९:२०

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्युहुनेको संख्या १६३७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*