साझा र विवेकशील पार्टी एकता गर्दै

खबरपथ संवाददाता
२४ मंसिर २०७७, बुधबार १४:४९

काठमाडौँ। विवेकशील नेपाली दल र साझा बुधबार दोस्रो पटक पार्टी एकता हुने भएको छ । बुधबार एक कार्यक्रमका बीच पार्टी एकता घोषणा हुनेछ । जुममार्फत गरिने घोषणासभामा सम्झौता पत्रमा हस्ताक्षर गरिएको भिडियो समेत प्रशारण गर्ने तयारी रहेको छ ।

पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो ।

एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।

यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । तर, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*