पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२४ मंसिर २०७७, बुधबार १७:०७

काठमाण्डौं ।  पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको हो। योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४८३ जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनां संक्रमितको मृत्यु हुनेको संख्या १६५१ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*