देशमा राजतन्त्र फर्काउने खेल हुँदैछ : केसी

खबरपथ संवाददाता
२५ मंसिर २०७७, बिहीबार १५:४३

बुटवल । पूर्व उप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा राजतन्त्र फर्काउने खेल सुरु भएको बताएका छन् । उनले सरकारवादी दल कै कारण देशमा प्रतिगमनको खतरा बढेको बताए । ‘छिमेकी हिन्दु राज्य कायम गराउने दाउमा छ । देशका प्रतिगामी शत्तीहरु हिन्दु राज्यको सम्राट ल्याउने चलखेलमा छन्, उनले भने, ‘त्यसको राष्ट्रिय जनमोर्चा विरोध गर्दछ ।’
राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपाली जनताको खुन पसिनाबाट आएको गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्नु एकजुट हुनुपर्नेमा जोड दिए ।

सभामा बोल्दै लुम्बिनी प्रदेश सांसद तारा जिसीले संघीय संरचना देशले धान्न नसक्ने भन्दै प्रदेश खारेज गर्नु पर्ने बताइन । ऋण लिएर संचालन गरिने संघीयता धेरै समय टिक्न नसक्ने उनको दावी छ ।

नेकपा (मसाल) रुपन्देहीका प्रवत्ता नारायण जिसीले सरकार भ्रष्टाचारमा लिप्त हुँदा जनजीविका विषय ओझेलमा परेको बताए ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले गणतन्त्रको रक्षा गर्दै जनवादी क्रान्ति तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

जिल्ला अध्यक्ष बद्रे आलमको अध्यक्षता सचिव टानवहादुर केसीको संचालन तथा उपाध्यक्ष रुकवहादुर पराजुलीको स्वागतमा सभा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*