मानव अधिकार प्रवद्र्धनको लागि बुटवलमा दीप प्रज्वलन

खबरपथ संवाददाता
२५ मंसिर २०७७, बिहीबार १९:०१

बुटवल । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालले बुटवलमा दीप प्रज्वलन गरेको छ । एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल र प्रस्तावित बुटवल महिला समुहले संयुक्त रुपमा बुटवलको अस्पताल लाईन स्थित पुष्पलाल पार्कमा दीप प्रज्वलन गरेका हुन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मानव अधिकार प्रवद्र्धनको लागि दीप प्रज्वलन गरिएको एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलका सहसंयोजक कबिन्द्र नेपालले जानकारी दिनुभयो । साँझ गरिएको दीप प्रज्वलनमा दुबै समुहका कार्यसमितिका पदाधिकारी, सदस्य तथा सुभेच्छुक मानव अधिकार संवाहकहरुको सहभागिता रहेको थियो ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिन डिसेम्बर १० मा हरेक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउँदै आईएको छ । मानवको जन्मदेखि मृत्यु पर्यन्तसम्म सम्मानित जीवन बाँच्नको लागि चाहिने आश्यकताहरु मानवअिधकार भित्र पर्दछन् । यसैको प्रवद्र्धनको लागि एम्नेष्टिले वकालत गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*