अर्थमन्त्री र फिनल्याण्डका राजदूत बीच शिष्टाचार भेट

खबरपथ संवाददाता
२६ मंसिर २०७७, शुक्रबार १९:५०

काठमाण्डौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत Mr. Pertti Anttinen  बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भयो।
उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्नुहुँदै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।

अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड- १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो।

उक्त भेटमा महामहिम राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउनुभयो।

महामहिम राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*