वालाचतुर्दशी पर्वको महत्त्व

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
२८ मंसिर २०७७, आईतवार १२:०६

बुटवल । प्रत्येक मसिंर कृष्ण चर्तुदशीको यस दिन वाला चतुर्दशी पर्व मनाइन्छ । यस वर्ष मंसिर २८ गते परेको वाला चतुर्दशीको दिन मृत्यु वरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । नेपालका विभिन्न शक्तिपीठ र धामहरुमा आज शतविज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंका १०८ शिवलिङ्ग स्थापित भएको ठाउँहरू, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायत देशभरका शिवालय एवं शक्तिपीठ हरूमा शतबीज छर्ने गरिन्छ ।

बाला चर्तुदशी सन्दर्भमा प्रसँग अनुसार बाला एकजना असुर हुन भने उन्का साथी वृसलाई राजाले बाला लाई मार्नका लागी पठाएका हुन्छन् । बालाले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाईदिने गरेकाले जनताहरुले धेरै दुस्ख पाएका हुन्छन् । वृसले आफ्नो साथी बाला लाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बाला ले जस्तोसुकै असुरभएको भएपनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव वृसको तपस्याले प्रसन्न भएर बालालाई असुरजुनीवाट मुक्त गरिदिनुहुन्छ र व्रिसलाई शतवीज छरेर आफ्नो साथी बालालाई पापवाट मुक्त गराउन आज्ञा दिनुहुन्छ । यसरी शतवीज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तकारुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा बाला र वृसको यो कथाले प्रष्टपारेको छ ।

शतविजका अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधाना यूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । यसरी सतविज छर्नका लागि चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम बसेर दिप प्रज्वलन एवं अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखो नितो गरी सतविज भर्ने गरिन्छ । यसरी पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

त्रयोदशीमा जाग्राम बसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले र वाला चतुर्दशीको दिन पवित्र खोलामा तिन पटक डुबुल्की मारेर चोखो भई सतविज छर्नाले पितृ दोषबाट मुक्ति पाउने जनविश्वास गरिन्छ । यसरी दिप प्रज्वलन गर्न शिवालय या शक्तिपिठ पुग्न नसकेको खण्डमा मृतआत्माको नाममा घर मै श्रद्धाका साथ बत्ति प्रज्जवलन गरे
। यसरी अविरल पानीको धारसंगै बत्ति बगेको खण्डमा पितृले वैतर्नी तरेको र बत्ति सहज रुपमा नबगेको खण्डमा पितृले वैतर्नी तर्न नसकेको मान्यता रहि आएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*