भोलिको प्रदर्शन सशक्त दबाबको सुरूआत हो : सभापति देउवा

खबरपथ संवाददाता
२८ मंसिर २०७७, आईतवार १४:१८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई सडक देखि संसदसम्म तीव्र दबाब दिने बताउनुभएको छ ।

प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको उनको आरोप छ । ‘अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ उहाँले भन्नुभएको छ ।

भोलि सोमबार २९ गते देशभर हुने प्रदर्शनको अघिल्लो दिन अपिल जारी गर्दै देउवाले भन्नुभएको छ, ‘नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनुछ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नुछ । त्यसकै सुरुआत हो भोलिको सांकेतिक प्रदर्शन ।’

भोलिको प्रदर्शनबाट शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले भन्नुभएको छ । उहाँले प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन, भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न अपील गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*