पेट्रोलियम पदार्थको मुल्य बृद्धि

खबरपथ संवाददाता
२८ मंसिर २०७७, आईतवार १४:२८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । शनिबार राती १२ बजेदेखि लागु हुनेगरी निमगले पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।
नयाँ मुल्य अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*