सरकार बिरुद्ध काँग्रेसको सडक प्रदर्शनको तयारी : रुपन्देहीमा पाण्डे र शाहले सम्बोधन गर्ने

खबरपथ संवाददाता
२८ मंसिर २०७७, आईतवार १९:४२

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भोली (सोमबार) ७७ जिल्ला मै सरकार बिरुद्ध प्रदर्शनको तयारी गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्रि खरिदमा भएको भ्रष्टाचार तथा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको बिरोध गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले भोली देशभरका ७७ वटै जिल्लामा सडक प्रदर्शनको तयारी गरेको हो ।
सोही अनुसार नेपाली काँग्रेस रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा प्रदर्शनको तयारी गरेको छ । सरकारले कोरोना भाईरस नियन्त्रण तथा संक्रमितको उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्रि खरिदमा भ्रष्टाचार गरेको तथा सर्वसत्तावादको बाटोमा अंगाडी बढेको भन्दै त्यसका बिरुद्ध आयोजना गरिएको प्रदर्शनमा सहभागि हुनको लागि पार्टीले जिल्लाका ५ वटै क्षेत्रीय समिति १६ वटै स्थानीय तह तथा १७२ वटै वडामा खवर गरिएको सोही अनुसार सहभागि पनि राम्रै हुने काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम भैरहवामा हुने प्रदर्शनमा पार्टीले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई रुपन्देही खटाएको छ । त्यस्तै प्रतिनीधि सभाका सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, प्रदेश सभाका सदस्यहरु समेतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । बिहान ११ बजे भैरहवाको बर्मेलीटोलबाट सडक प्रदर्शन सुरु गरिने र मिलनचोक, देवकोटा चोक हुँदै बुद्धचोकमा आएर कोण सभा गर्ने तयारी भएको सचिव खाँणले बताउनु भयो ।

सरकारले राम्रो काम गर्न नसकेको, मुलुकमा भ्रष्टाचार झनझन बढ्दै गएको र दुई तिहाई बहुमत प्राप्त सरकार मुलुकको काम छोडेर पार्टीको आन्तरिक कलहमा व्यस्त भएका कारण सर्वसाधारणले समेत सरकारको चर्को आलोचना गरेका छन् भने प्रमुम प्रतिपक्षि दल नेपाली काँग्रेसलाई सरकार गलतबाटोमा अंगाडी बढ्दा समेत केही गर्न नसकेको भन्ने आरोप लागेको छ ।

यस्तो बेलामा काँग्रेसले आफ्नो उपस्थितीलाई ससक्त देखाउनको लागि पनि सडक प्रदर्शनलाई ससक्त बनाउने गरी तयारी गरिएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनु भयो । सरकार गलत बाटोमा हिंड्यो, त्यसैले सरकारलाई सहि बाटोमा हिडोस बनेर सचेत गराउनको लागि प्रदर्शन गर्न लागिएको बताउँदै उहाँले जिल्ला समितिले मात्रै नभएर क्षेत्रीय समिति तथा स्थानीय तहका समिति र वडा समितिले समेत प्रदर्शनमा जनसहभागिता बढी भन्दा बढी गराउने गरी काम गरिरहेको बताउनु भयो ।

यो सरकार बने यता कै सबैभन्दा ठूलो प्रदर्शनको तयारी गरिएको सचिव खाँणले बताउनु भयो । सरकार बिरुद्ध सडक प्रदर्शनमा जनसहभागिता बढाउनकै लागि पार्टीका नेताहरुले सामाजिक सञ्जालबाट समेत पार्टीका नेता कार्यकर्ता तथा सुभचित्तकहरुलाई सहभागि हुन आह्वान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*