अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

खबरपथ संवाददाता
१ पुष २०७७, बुधबार १७:१३

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाउनु भएको छ ।

उच्च स्रोतका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको छलफल पछि ओली अध्यादेश फिर्ता गर्न सहमत हुनुभएको हो ।

नेकपा भित्रको विवादका बीच ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गर्नुभएको थियो ।

अध्यादेश जारी हुनासाथ प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको चर्को विरोध जनाएका थिए । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तुरुन्तै फिर्ता हुनु पर्ने अडान राखेका थिए ।

नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित हुनु भएको थिएन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*