प्रथम प्रचण्ड थैव नकआउट : सिद्धार्थ युवा क्बल सेमीफाईनलमा प्रबेश

भोली (बिहिबार) को पहिलो सेमीफाईनल खेल : शिवनगर र झरना बिच
खबरपथ संवाददाता
१ पुष २०७७, बुधबार १८:३७

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत बुधबार भएको खेलमा सिद्धार्थ युवा क्बलले जनज्योती युवा क्लबलाई २/१ को अन्तरले गोल गरी सेमीफाईनलमा प्रबेश गरेको छ ।

बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत बुधबार जनज्योती युवा क्लब डिङ्गनगर र सिद्धार्थ युवा क्लब बुटवल बिच भएको प्रतियोगितामा सिद्धार्थ युवा क्बलका जर्सी नं. ७ का सबि गुरुङ्गले खेलको ४ औं मिनेटमा एक गोल गरेका थिए । त्यसैगरी सिद्धार्थ युवा क्बलकै जर्सी नं. ९ का सरोज क्षेत्रीले ४९ औं मिनेटमा थप १ गोल गरी क्बलको जित सुनिश्चित गराएका थिए । त्यसै गरी जनज्योती युवा क्लबका तर्फबाट जर्सी नंं ११ का मिसन दर्लामीले पेनाल्टीमा १ गोल गरेका थिए । पौष ३ गते सिद्धार्थ युवा क्बल शौभाग्य युवा क्लब संग सेमीफाईनलमा भिड्नेछ ।

प्रतियोगितामा म्यान अफ दि म्याच सिद्धार्थ युवा क्लबका जर्सी नं.७ का सबि गुरुङ्ग घोषित भए । म्यान अफ दि म्याच सबि गुरुङ्गलाई शौभाग्य युवा क्लबका पूर्व अध्यक्ष दिपक शेरचनले पुरस्कार प्रदान गर्नुभएको थियो ।

भोली (बिहिबार) दिउसो हुने पहिलो सेमिफाईनल खेलमा शिवनगर युवा क्लब बुटवल ७ र झरना युवा क्लब कुञ्जलापूर बिच हुने सौभाग्य युवा क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) ले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाईनल खेल आगामी पौष ५ गते हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*