प्रभु ईन्स्योरेन्सद्वारा महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

खबरपथ संवाददाता
२ पुष २०७७, बिहीबार १९:४५

बुटवल । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले महासंघका अध्यक्ष यानेन्द्र जिसीलाई सुरक्षा कीट हस्तान्तरण गर्नुभएको हो । महासंघका अध्यक्ष यानेन्द्र जिसीले सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा संस्थागत रुपमा अघि बढ्ने समेत बताउनुभयो ।

इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदीले इन्स्योरेन्स संस्थाले नै सामाजिक उत्तरदायित्व बहन गर्ने बताउनुभयो । अझै पनि केही इन्स्योरेन्स कम्पनीहरु सिक्ने क्रममा समेत रहेका भन्दै कमी कमजोरी औलाउँदै सच्चिदै अगाडी बढ्नुपर्ने बताउनुभयो । इन्स्योरेन्सका प्रदेशमा १० वटा शाखा मार्फत सेवा दिदै आएको बताउनुभयो । जसमा २७ सय बढी बिमितहरु रहेको उहाँले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*