शंकरनगर खानेपानीको २२ औं बार्षिक साधारण सभा सम्पन्न

खबरपथ संवाददाता
४ पुष २०७७, शनिबार २०:१४

बुटवल । शंकरनगर उपभोक्ता तथा सरसफाई संस्थाको २२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्ध्घाटन गर्देै तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले आउने २ बर्ष भित्र नगरपालिका भित्रका ९५ प्रतिशत जनताले ओभरहेड टंकीबाट शुद्ध पानी पाउने बताउनुभयो । जसका लागी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको तर्फबाट टिकुदिगढ, मक्रहर ,गंगोलिया लगायतका क्षेत्रमा ओभरहेड टंकीहरुको निर्माणका काम भैरहेको बताउनुभयो । उहाँले नगरभित्रको सरसफाईको दिगो ब्यवस्थापनका लागी खानेपानी उपभोक्ता समितिहरु संग सहकार्य गर्दे अगाडी बढ्ने बताउनुभयो ।

 

नगर प्रमुख घिमिरेले शंकरनगर खानेपानी उपभोक्त तथा सरसफाई संस्थाको नगरभित्रका खानेपानी संस्था मध्य अग्रणी संस्थाको रुपमा रहकोमा प्रशंसा गर्नुभएको थियो । उहाँले खानेपानी संस्थाका पूर्व कार्य समितीलाई उच्च प्रसंसा सहित धन्यबाद र नयाँकार्य समितिलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नगर प्रमुख घिमिरेले एक अर्को प्रशंगमा नगरभित्रका अब्यवस्थित घरधुरीहरु बसाईलाई ब्यवस्थापन गर्ने जसका लागी सुकम्बासी आयोग र नगरपालिका बिच दोहोरो सम्झौता भएको बताउनुभयो । उहाँले तिलोत्तमा नगरभित्र लगभग ५ /६ हजार अब्यवस्थित बसाई रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अथिती संघीय खानेपानी तथा ढल ब्यवस्थापनाआयोजनाका प्रमुख ई. सालिकराम पौडेलले खानेपानी तथा ढल ब्यवस्थापनका लागी सहि योजनाका साथ काम अघि बढाइने बताउनु भएको थियो ।

कार्यक्रममा  खानेपानी उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष ध्रुब कुमार धितालले नगर भित्रको स्वच्छ खानेपानी, बातावरणीय कुरा र सरसफाई सम्बन्धी कार्य सम्बन्धी रेगुलेट स्थानीय सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले खानेपानीमा लाग्ने डिमाण्ड चार्ज र अन्यचार्जको मिनाहाका लागी पहल अगाडी बढाईको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारीले अब खानेपानीको थप सहजताका लागी पाईपलाईनको बिस्तार गर्नुपर्ने औल्याउनुभयो । जसका लागी पाईपलाईनको तिब्र बिस्तारमा लाग्नु पर्ने बताउनुभयो । उहाँले खानेपानी , सडक र विधुत लगायतको समन्वयमा कार्य गर्दा सहज हुनेपनी बताउनुभयो ।

कार्यक्रममा अथितिहरु नेकपा नगर कमिटि अध्यक्ष मोहन चापागाई , नेपाली काँगेसका नगर सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमुक्ती पार्टीका प्रतिनिधी राधीका श्रिष , राष्ट्रिय मोर्चापार्टीका प्रतिनिधी दया निधी पौडेल , आनन्दबन खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष केशब राज न्यौपाने, तिलोत्तमा नगरपालिका वडा नंं २ का अध्यक्ष दधिराम गौतम , शंकरनगर बनविहारका अध्यक्ष बेल प्रसाद शर्मा , दुर्गादत्त मा.वि.का प्राचार्य चण्डी प्रसाद पाण्डे , पार्षदहरुका तर्फबाट माया अर्याल र काशीराम काफले लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान कार्यसमिती,निर्वाचन समिती, निवर्तमान सल्लाहकार हरुलाई प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरीएको थियो त्यसैगरी प्रेस सल्लाहकार स्वर्गिय डायलसन अधिकारीलाई मरणोपरान्त नगद २५ हजार र प्रमाण पत्रले स्व.अधिकारीकी धर्म पत्निलाई प्रदान गरि सम्मान गरिएको थियो ।

शंकरनगर खानेपानी तथा उपभोक्त सरसफाई संस्थामा ६ हजार ३ सय ३३ जना उपभोक्ताहरु प्रत्यक्ष लाभान्वीत भएका छन् । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २ नं ओभरहेड टंकीको प्रांगणमा भएको कार्यक्रममा बालकलाकार प्रकृति बस्यालले खानेपानी तथा सरसफाई सम्बन्धी गित प्रस्तुत गरेकी थिईन ।

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता र उपाध्यक्ष डिल बहादुर भट्टराईको स्वागत तथा सचिव कमला ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सस्थाका कर्मचारी तथा पार्षदहरु एवं शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*