प्रधानमन्त्री ओलीद्धारा संसद विघटनको सिफारिस

खबरपथ संवाददाता
५ पुष २०७७, आईतवार ११:२६

काठमाण्डौं । सरकारले संसद विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनको सिफारिस गरेका हुन् ।

उक्त सिफारीस राष्ट्रपति कार्यालय लगिंदै छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिने बारे छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*