रुपन्देही व्यापार संघ सेमलार शाखाको ९ औं बार्षिक साधारण सभा सम्पन्न

खबरपथ संवाददाता
५ पुष २०७७, आईतवार ११:५५

बुटवल। रुपन्देही रुपन्देही व्यापार संघ सेमलार शाखाको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,शहर देखि गाउँ सम्म व्यापार बिस्तारू भन्ने मूलनाराका शनिबार बुटवल उ.मा.न.पा.वाड न.१२ तामनगर चारपाला पिक्निक स्पोर्ट्मा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एबं रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले सेमलार शाखाले अहिले सम्म गर्दै आएको कामको उच्च मूल्याकंन गर्दै आवश्यक परेको खण्डमा रुपन्देही व्यापार संघले शाखालाई हरेक काममा सहयोग गर्ने र रुपन्देही व्यापार संघ सेमलार शाखाको भवन निर्माणको प्रस्तावको कदर गर्दै शाखाको भवन निर्माणमा जिल्लाले पुर्ण रूपमा सहयोग गर्ने कुरा बताएका छन ।

रुपन्देही व्यापार संघका महासचिव एवम् कार्यक्रमका बिशिष्ट अतिथि दया निधि भण्डारीले सेमलार शाखा अन्य शाखा भन्दा जाग्रुप शाखा भएको र सेमलार शाखाका हरेक प्रस्ताव निस्फिक्री स्वीकार गर्ने कुरामा प्रकाश पार्नु भयो ।
। त्यस्तै रुपन्देही व्यापार संघ सेमलार शाखाका सल्लाहकार बेदा निधि रिजाल, संघका निवर्तमान अध्यक्ष गोपाल पौडेल, बुटवल १५ का सदस्य नगेन्द्र आचार्य लगायतले मन्तब्य दिदैं कोभिड १९ को महामारीमा देश लकडाउनको चपेटामा परिरहेको बेलामा व्यापार व्यासायहरु धेरै मर्कामा परेको हुँदा यस्मा राज्यबाट कुनै सहयोग नपाएको बताउनुभएको थियो । सभामा संघका अध्यक्ष देवि प्रसाद शर्माले बार्षिक प्रतिबेदन र सचीव मुकुन्द भट्टराईले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गत असोज २८ गते रुपन्देही व्यापार संघको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई खादा लगाई सम्मान गरियको थियो ।
कार्यक्रम रुपन्देही व्यापार संघ सेमलार शाखाका अध्यक्ष देवि प्रसाद शार्माको अध्यक्षतामा प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनि, बिशिष्ट अतिथिहरु संघ रुपन्देहिका महासचिव दया निधि भण्डारी, बुटवल १५ का अध्यक्ष दम्बर बहादुर भण्डारी, बुटवल का प्रवक्ता एवम् १६ का अध्यक्ष राम प्रसाद रेग्मी, बुटवल १४ का अध्यक्ष ददिराम न्यौपाने,१५ का सदस्य नगेन्द्र आचार्य ,रुपन्देही संघका वयवस्थापक सरोज पोख्रेल, अतिथिहरु संघका सस्थापक अध्यक्ष गोपाल पौडेल, निबर्तमान अध्यक्ष फणि राज आचार्य, सल्लाहकार बेदा निधि रिजाल,कुल प्रसाद पौडेल लगायत सेमलारका सम्पूर्ण ब्यबसायीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा संघ कि उपाध्यक्ष सबिता खरेलको स्वागत तथा संघका कार्यसमिति सद्स्य ईश्वर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*