संसद विघटन निर्णय विरूद्ध प्रदर्शन

खबरपथ संवाददाता
५ पुष २०७७, आईतवार १६:१९

काठमाण्डौं । सरकारको संसद विघटन गर्ने निर्णय विरूद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

कालोफेटाधारी विद्यार्थीले आइतबार दिउँसो संसद विघटनविरूद्ध प्रदर्शन गरेका हुन्।  उनीहरूसँगै नेकपा सम्बद्ध अरू जनवर्गीय संगठनका सदस्य पनि प्रदर्शन सहभागी थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनले पनि प्रदर्शन थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद बैठकबाट संसद विघटन प्रस्ताव राष्ट्रपति कहाँ पुर्‍याएका थिए।

राष्ट्रपतिले प्रस्ताव स्वीकृत गर्दै संसद विघटन गरेपछि विरोध तीव्र भइरहेको छ।

प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपतिले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*