ओली पक्षका सांसदहरुको बैठक बालुवाटारमा जारी

खबरपथ संवाददाता
६ पुष २०७७, सोमबार ११:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।

लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*