ओलीको कदम असंवैधानिक, कांग्रेस जिम्मेवार भएर अगाडि बढ्छ : देउवा

खबरपथ संवाददाता
७ पुष २०७७, मंगलवार १७:०४

काठमाण्डौं ।  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।

प्रतिनिधिसभा संसद भंग गरेको प्रसंग निकाल्दै देउवाले उक्त कदम असंवैधानिक भएको समेत बताएका छन्। मंगलबार दिउँसो सानेपामा केन्द्रीय समिति बैठक सुरू गर्दै देउवाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरूद्ध प्रतिरोध गर्नु पर्ने धारणा राखेका छन्।

‘प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरंकुश आकांक्षाबाट प्रेरित छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी जिम्मेवार भएर अगाडि बढ्छौं। अभिभावकीय भूमिका खेल्नुपर्छ।’

देउवापछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले  कुनै पनि बाहनामा ओलीको कदमलाई स्वीकार गर्न नहुने बताएका छन्। पौडेलले सत्ताको लोभमा पार्टी पर्न नहुने पनि बताएका थिए।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार भोलि दिउँसो १ बजे पुन: बस्ने गरी केन्द्रीय समिति बैठक आजलाई स्थगित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*