बुटवल उपमहानगरको प्रथम चौमासिक समीक्षा सम्पन्न

खबरपथ संवाददाता
७ पुष २०७७, मंगलवार १९:५२

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित विभिन्न आयोजनाहरूको प्रथम चौमासिक समीक्षा कार्याक्रम सम्पन्न भएको छ । शहरी पूर्वाधार विकास, पशुपंक्षी विकास, कृषितर्फका धेरै योजनाहरूमा उलेख्य उपलब्धी हाँसिल गरेको उपमहानगरको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक आयतर्फको लक्ष्य प्रथम चौमासिक सम्म ७५ प्रतिशतसम्म हाँसिल गरेको उपमहानगर बताएको छ । चालू आवमा क्रमागत भई आएका शहरी पूर्वाधार विकासका आयोजना हालसम्म ८४ वटा सम्पन्न भएको बताएको छ । आव २०७७/०७८ मा दुई सय ८९ वटा आएका थिए । विकास योजनालाई प्राथामिकता दिएर अगाडि बढेको उपमहानगर यस वर्ष २५ वटा नयाँ योजना अगाडि बढाएको थियो । उपमहानगरमा चालूतर्फ सञ्चालित दुई वटा आयोजना पनि सम्पन्न भईसकेको जानकारी गराइएको छ ।

उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले चालू आवको प्रथम चौमासिक सम्म ८४ योजना सम्पन्न भएको जानकारी गराउनुभयो । आचार्यले कोरोना महामारी नियन्त्रणका लागि उपमहानगरका काममा निजी क्षेत्र तथा संघसंस्थाले महत्वपूर्ण सहकार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

त्यसैगरी उपमहानगरले पशुपंक्षीतर्फ पशु आहारा सेवा कार्यरक्रममा हिउँदे जौं सात सय केजी तथा वार्षिक एक हजार केजी, घासको बीउ दुई सय ४१ जना कृषकलाई बितरण गरिएको छ ।  प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आन्तरिक आयतर्फ प्रथम चौमासिकसम्म ७५।०२ प्रतिशत लक्ष्य हाँसिल भएको जानकारी दिनुभयो ।  ‘वार्षिक अनुमानतर्फ ४७ करोड १ लाख रुपैयाँ आम्दामी हुने लक्ष्य थियो ।’–शर्माले भन्नुभयो , ‘हामीले नदीजन्य पद्धार्थ समयमै ठेक्का पटटा लगाउन सकेमा अन्तरिक आयतर्फ लक्ष्य समयमै हाँसिल गर्छ ।’

नगरसभा एवं नगर कार्यपालिकाबाट हालसम्म १६ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका र ३२ वटा कार्यविधि ४ वटा राजपत्रमा प्रकाशित गरी प्रकासन समेत गरिसकेको छ । नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण मापदण्डसम्बन्धी निर्देशिका-२०७७ जारी गरिएको बताउनुभयो ।

त्यसैगरी बुटवलउपमहानगरले सञ्चालन गरेका दुई वटा आइसोलेसन सेन्टरबाट करिब चार सय जना कोरोना संक्रमित आइसोलेट भई निको भएर घर फर्किसकेका छन् । बुटवल उपमहानगरपालिकामा हालसम्म करिब चार हजार जना संक्रमित र तीन हजार दुई सय ५८ जना निको भई घर फर्किसकेका छन् । हालसम्म एकसय ६३ जना अझै एक्टिव केस रहेका छन् । त्यस्तै एक हजार सात सय ३१ जना दीर्घरोगी र तीन सय ८१ जना जेष्ठ नागरिकको निःशुल्क पिसिआर जाँच पनि गरिएको छ । उनीहरुलाई घरघरमै पुगेर औषधिसमेत वितरण गरिएको छ ।

बुटवलमा कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका विरामीलाई आयुर्वेद र एलोपेथिक औषधि सहित स्वास्थ्य लाभको कार्ड सहित ८५६ जनालाई वितरण गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो ।

त्यसैगरी स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठन पाठन गराएको छ । बुटवलले एक सय पूर्णाकको स्थानीय पाठयपुस्तक ‘हाम्रो बुटवल’ चालू शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु भएको छ । ‘फेस टु फेस मेड’ बाट विद्यालय सञ्चालन गर्न नगरपालिकाबाट विद्यालय परिसरलाई निर्मलीकरण गरिएको छ । विद्यालयहरुमा थर्मल थन तथा स्प्रे मेसिन उपलब्ध गराउने प्रक्रिया थालिएको शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*