प्रचण्ड संसदीय दलको नेतामा चयन

खबरपथ संवाददाता
८ पुष २०७७, बुधबार १५:५९

काठमाडौँ। नेकपाको प्रचण्ड माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चयन गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन हो ।

अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव ९० भन्दा बढी सांसदले सर्वसम्मत अनुमोदन गरेको छ । नेकपाका १७४ मध्ये ९० भन्दा बढी सांसद बैठकमा उपस्थित रहेका थिए ।

पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाइएको नेता शिवकुमार मण्डलले जानकारी दिए।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*