संसद विघटनको रिटको सुनुवाई संवैधानिक इजलासमा

खबरपथ संवाददाता
८ पुष २०७७, बुधबार १६:१३

काठमाडौं । संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेका रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाई पछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको हो ।  राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । उनीहरुको बहस पछि प्रधानन्यायाधीश राणाले पठाउने संविधान सँग जोडिएको विषय र वैधानिक प्रश्न उठेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् ।

आदेश अनुसार अब सबै रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*