प्रचण्ड – माधव समूह निर्वाचन आयोगमा

खबरपथ संवाददाता
८ पुष २०७७, बुधबार १७:१३

काठमाडौं । नेकपाको प्रचण्ड – माधव समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधान सहितको टोलीले निर्वाचन आयोगमा निर्णयहरु बुझाएको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ ।

बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको छ ।

यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षको निवेदनको जाँचबुझ गर्ने र छानबिन गरेर निर्णय दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*