संसद पूर्नस्थापनाको विकल्प छैन : केसी

खबरपथ संवाददाता
९ पुष २०७७, बिहीबार १५:२७

बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादूर केसीले प्रधानमन्त्री केपि ओलीले गरेको असंवैैधानिक कदमको सर्बोच्च अदालतले निकास दिनुपर्ने बताएका छन् ।
उनले अब संसद पूर्नस्थापनाको विकल्प नभएको बताए । रिपोर्टर्स क्लव नेपाल लूम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपाभित्रको गूटको बिबाद समाधान गर्न नसकेर ओलीले संसद नै भंग गरेर कु काम गरेको बताए । उनले भने यस्तो काम पनि गर्ने हो, आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाइ अधिकार छैन, अदालतको निर्णयले अब संसद पूर्न स्थापना गर्नुपर्छ ।

देश कोरोनाका कारण तहस नहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम सक्ने, दलालहरुलाइ अवसर दिने, अवसरबादीलाइ अगाडी ल्याउने काम हुन्छ, यसो हूदा झन् राजनीति खतम हुन्छ उनले भने ।

उनले संसद विगटनको बिरुद्धमा सर्बोच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाइ दर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताए । अब सबै प्रजातन्त्रबादी शक्तिहरु एक हुनुपर्छ, गतल कामको बिरोधमा पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नूपर्ने बेला आएको छ उनले भने ।


संघीयता मनै देखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नूको बिकल्प नभएको समेत तर्क गरे ।
नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको भन्दै उनले कम्युष्टिको नाममा खोलओढ्नेहरुको बिगबिगी रहेको समेत टीप्पणी गरे ।
उनले स्थानीय तहलाइ बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नूपर्ने धारणा राखे ।
क्लवका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*