संसद विघटनको विरोधमा दाहाल-नेपाल समूहको माइतीघरमा प्रदर्शन

खबरपथ संवाददाता
१० पुष २०७७, शुक्रबार ११:३६

काठमाडौँ । संसद विघटनको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छन् ।

शुक्रबार बिहान देखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहित केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरूले प्रदर्शन गरेका हुन् ।

अध्यक्षद्धय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रतिनिधिसभा भंग नभएको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएको छ ।

माइतीघरको प्रदर्शनपछि बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन निर्वाचन आयोग जान लागिएको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

यसअघि दाहाल-नेपाल समूहले पुस १४ गते ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*