शिवनगर सामुदायिक बनको २५ औं बार्षिक साधारण सभा सम्पन्न

खबरपथ संवाददाता
११ पुष २०७७, शनिबार २०:११

बुटवल ।  शिवनगर सामुदायिक बनको २५ औं बार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अथिति बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुवेदीले उद्धघाटन गर्दे मानव र प्रकृतिको सन्तुलन गर्नु हाम्रो दायित्व भएको बताउनु भएको छ । उहाँले बिश्व बातावरणमा भईरहेको असन्तुलनका लागी योगदान स्वरुप बुटवलबाट कति कार्बन उत्सर्जन गर्न सकिन्छ भन्ने तिर आफनो ध्यान रहेको बताउनुभयो । जसका लागी १७ वटै सामुदायिक बनसंगको सहकार्यमा बैज्ञानिकबनको अवधारणाको कार्यान्वयनका लागी योजनाबद्ध तरिकाले अगाडी बढिरहेको पनि बताउनुभयो । मेयर सुबेदीले बुटवलले हरियाली मापन गर्ने गरी कार्य गर्दे दुरगामी कार्ययोजनाकालागी अध्ययन गरी अगाढी बढ्ने बताउनुभयो ।सुवेदीले बुटवलमा ५३ प्रतिशत हरियाली रहेको पनि बताउनुभयो। सुवेदीले बुटवलमा रहेको प्राचिन सभ्यतालाई झल्किने गरी पर्यटनको बिकाश गरीने जसका लागी बिग बुद्धको योजना ,जितगढी, सिद्धबाबा र नरेश्वर जस्ता एैतिहासिक धार्मिक बिकाशको मोडेल अनुसार काम भईरहेको पनि बताउनुभएको छ ।

त्यसैगरी कार्यक्रमका बिशिष्ठ अथिति डिभिजन बन कार्यालयका प्रमुख बोध राज सुबदीले बनको अतिक्रमण हुन दिन नहुनेमा जोड दिनु भएको थियो । सुबदीले बनक्षेत्रलाई संस्थागत अतिक्रमणबाट जोगाउनुपर्ने बताउनु भएको थियो । सुबदीले हाम्रा पूर्वजले जोगाएर राख्नु भएको बनलाई अतिक्रमणबाट बचाएर जति ठूलो राख्न सक्यो त्यति हरियाली रहने बताउनु भएको थियो । सुबेदीले हाम्रा सार्वजनिक जग्गा ब्यक्ति वा माफियालाई दिन नहुने बताउनु भएको थियो । उहाँले पछिल्लो समय कोभिडका कारण बनमा चोरी तस्करीको बृद्धि भईरहेको र पछिल्लो समय १०० भन्दा बढीलाई बन ऐन अनुसार कारबाही गरिएको पनि बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति खेलराज पाण्डेले शुभकामना मन्तब्य राख्दै शिबनगर सामुदायिक बन बुटवलको भविष्यका लागी महत्वपूर्ण रहेको बताउनु भएको थियो । उहाँले बुटवलको बसपार्क शिवनगर सामुदायिक बनमा बनाउनका लागी नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो । त्यसैगरी शिवनगर बनमा ठूलो बजेट नरहेकाले नगरपालिकाले बजेटको ब्यवस्थापन गरी पर्यापर्यटनको बिकाशका लागी काम गर्नुपर्ने बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा संघ संस्थाहरुको तर्फबाट युवराज गिरीले शुभकामना मन्तब्य राख्दै शिवनगर सामुदायिक बनको प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियो ।  गिरीले बनको दिगो बिकाशका लागी सद्धैब तत्पर रहने  प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।


त्यसैगरी नेकपा बुटवल नगर कमिटिका अध्यक्ष बाबुराम पन्थीले शुभकामना मन्तब्य राख्दै शिवनगरबनको आगामी १० बर्षे बैज्ञानिकबनको गुरुयोजनाका लागी बजेटको ब्यवस्थापनका लागी आफनो पार्टीले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।


त्यसैगरी शिवनगर बनका सल्लाहकारहरुको तर्फबाट सल्लाहकार बलबहादुर आचार्यले शुभकामना मन्तब्य राख्दै कार्यसमितिले टोल टोलमा गई सम्पूर्ण उपभोक्ताहरुको सुझाव संकलन गरी नयाँ र सृजनात्मक कार्य गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले बनबाट प्रत्यक्ष भन्दा अप्रत्यक्ष फाईदा उपभोक्ताले प्राप्त गर्ने बताउनुभएको थियो त्यसैले बन संरक्षणको संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभएको थियो ।


त्यसैगरी टोलबिकाश समितीका तर्फबाट मान बहादुर रानाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

साधारण सभामा शिवनगरबनका अध्यक्ष नारायण बहादुर घिमिरेले हालसम्म सम्पन्न काम र आगामी योजना सहितको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष घिमिरेले पौष १ गते देखि १० गते सम्म प्रत्येक टोल टोलमा पुगी उपभोक्ताको राय सुझाव लिईएको र सो सुझाव अनुसार कार्यान्वयनमा अगाडी बढ्ने पनि प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उहाँले उपभोक्ताको रायमा मुख्य गरी बैज्ञानिक बनको कार्यान्यनमा लाग्ने र पर्यापर्यटनको बिकाशमा अगी बड्ने राय सुझाव आयको बताउनु भयो । त्यसैगरी कार्यक्रमा शिवनगरबनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राज) ले आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा लेखा समितीका संयोजक कृष्ण बहादुर कार्कीले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


साधारण सभामा कार्यसमितीका सचिव श्यामकली आचार्यले आफनो ७ बर्षे कार्यकालको अनुभव सुनाउँदै बनपैदावार सम्बन्धी कविता बाचन गर्नुभएको थियो । त्यसैगरी सहसचिब उमादेबी थापाले पनि बनपैदावार सम्बन्धी कबिता बाचन गर्नुभएको थियो ।
शिवनगर बनका अध्यक्ष नारायाण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष ठानेश्वर बस्यालद्धारा स्वागत मन्तब्य र कार्यक्रमको संचालन सचिब श्यामकली आचार्यले गर्नुभएको थियो ।


साधारण सभामा अथितिहरु जनमुक्ती पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, कार्यसमितका पदाधिकारीहरु , सल्लाहकारहरु ,टोलबिकाश समितीका प्रतिनीधीहरु ,बनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*